दफा १६
बिवरण पेश गर्नु पर्ने
देहायको विवरण स्थानीय तहले प्रदेश मार्फत मन्त्रालय समक्ष तथा प्रदेशले मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ:-

(क) अनुमतिपत्र प्रदान गरिएको सङ्गठित संस्थाको नाम र सङ्ख्या,

(ख) अनुमतिपत्र प्रदान गरिएको सङ्गठित संस्थाहरुले सेवा दिने क्षेत्र,

(ग) अनुमतिपत्र प्रदान गरिएको सङ्गठित संस्थाहरुको अनुमतिपत्रको अवधिर तोकिएको शर्त,

(घ) प्रदेश वा स्थानीय तह आफैंले सञ्चालन गरेका आयोजनाको सङ्ख्या र्‌ अन्य आवश्यक विवरण,

(ङ) प्रदेश र स्थानीय तहले उपयुक्त सम्झेको अन्य विवरण ।